AVENTOZ NEWS DESK
काठमान्डौ -अहिलेका नव उदयमान चर्चित मोडल विकाश शर्मा अभिनित तिहार गीत मखमली बजारमा आएको छ।उनी संगै यसमा कलाकारहरु बालकुमार देबकोटा ,जयराम सापकोटा ,दीपेन्द्र लामा ,रोशन लुइँटेल ,बिबिका थापा , आर्या तामांग ,कृतिका तामांग र शर्मिला शर्माको अभिनय रहेको छ। पछिल्लो समय शर्मा अभिनयमा चर्चामा रहेका उदयमान कलाकार हुन्। फुलमाया तामांग र कमल घलेको स्वर रहेको तिहार गीतको निर्देशन देब धिमालले गरेका छन्। बिजय राज फिल्म्सको पोस्ट प्रोडक्सन र दिनेश सुबेदीको शब्द रचना रहेको उक्त गीतको क्यामरा बिजय पर्सन जिरेल रहेका छन् भने एडीटिंग बिजय राज भुर्तेलले गरेका छ।
गीतले तिहारमा दिदी बहिनीबाट लगाइने टिकाको सांस्कृतिक महत्व , यसले हुने दाजुभाइको दिर्घायु र टिकाले दाजुभाइ ,दिदी बहिनी बीचको सम्बन्ध अझ प्रगाढ र सुमधुर हुने बिश्वाशको संदेश दिएको छ। परापुर्बकालदेखि हाम्रा चलिआएका चाडपर्बहरु मनाउदै आएपनि यसको अर्थ दर्शाउदा अझ स्वभाबिक रुपमा अझ महत्व राख्दछ।