श्रियंकाले मिस टिन युनिभर्षमा नेपाललाई प्रतिनिधित्व गर्ने
AVENTOZ NEWS DESK
Feb-27 , 2022 तारिख 07:16 बेलुका

 


 मिस टिन युनिभर्ष नेपाल श्रियंका थापाले मार्च २-७ सम्म दुवईमा आयोजना हुने मिस टिन युनिभर्षमा नेपाललाई प्रतिनिधित्व गर्ने भएकी छिन। उक्त कार्यक्रममा विभिन्न २५ राष्ट्रका प्रतिश्पर्धीहरुले भाग लिनेछन्। अभ्यानी प्रोडक्सनको आयोजनामा आयोजित मिस नेपाल टिन अन्तर्गतको मिस टिन युनिभर्षको ताज श्रियंकाले २०२१मा जितेकी हुन्। मिस टिन युनिभर्षमा नेपालको प्रतिनिधित्व पहिलोपटक भएको कारण आफू धेरै उत्साहित रहेको कुरा राष्ट्रिय निर्देशक अभिविन्द खनियाले जानकारी दिए।
सम्पुर्ण तयारी पुरा भैसकेको र आफ्नो लागि देश चिनाउने यो ठुलो मोका रहेकाले आफु यसलाई सदुपयोग गर्न भरपुर मिहिनेत गरेको कुरा श्रियंका थापाले बताउनुभयो। महिला सशक्तिकरण, शिक्षामा सबैको समान पहुच, किशोर किशोरीका समस्याको पहिचान साथै उनिहरुको उत्थान गर्न आफ्नो प्रतिनिधित्वले धेरै सहयोग गर्ने कुरामा उनी विश्वस्त छिन्।

Related Post