नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उमेश प्रसाद सिंह, नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
AVENTOZ NEWS DESK
Mar-12 , 2022 तारिख 12:57 बेलुका

 


बिरगंज ।  नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा  उमेश प्रसाद सिंह चयन भएका छन्।  बिरगंजमा महासंघको  सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशनले सिंहको ने तृत्वमा  नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सिंहले महासंघको संस्थापक सदस्यहुँदै विभिन्न जिम्मेवारीका साथै कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट निवर्तमान अध्यक्षमा श्यामप्रसाद गिरी, वरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर कँडेल तथा उपाध्यक्षहरुमा लघु उद्यमतर्फ पूर्ण बहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दन कृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता वास्कोटा कोइराला, सहकारीतर्फ सत्य नारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका हुन् ।

महासंघको महासचिवमा डम्बर प्रसाद रेग्मी, कोषाध्यक्षमा अच्यूत पाण्डे, सचिवहरुमा दिपक बहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्र बहादुर चित्रकार, एसोसिएटतर्फ रुद्र प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा ज्ञान बहादुर खडका तथा ८० जना सदस्यहरु निर्वाचित भएका छन् ।


यसैगरी महासंघकै केन्द्रिय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णा कुमारी पाठक, उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा। सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ्ग, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने बताएका छन् ।

महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने पनि उनले बताए।

Related Post