 
     AVENTOZ NEWS DESK
                                AVENTOZ NEWS DESK
                             
                    नेशनल किड्स एण्ड टिन्स सुपरस्टार २०२४-सिजन १" का प्रतियोगीहरु यतिबेला विभिन्न प्रशिक्षणमा छन् । यसै क्रममा यी प्रतियोगीहरुले काठमाडौंमा एक समारोहबीच बिभिन्न ट्यालेन्ट देखाएका छन् । द्लिन क्याफे कुमारिपाटिमा आयोजित ‘ट्यालेन्ट’ राउण्ड’ अन्तर्गत उनीहरुले नृत्य, गायन, वक्तृत्वकला, प्रहसन लगायतका बिभिन्न कला प्रस्तुत गरेका हुन् । ट्यालेन्ट शो नेपाली कलासंस्कृतिमा केन्द्रीत गरिएको थियो ।
Kids Teens र Boys गरेर ३ क्याटगोरी रहेको प्रतियोगीतामा कक्षा ३ देखि 9 सम्म का प्रतियोगीहरु रहेका छन | kids ग्रुपमा १४ जना, Teens ग्रुपमा ८ जना र Boys ग्रुपमा ५ जना प्रतियोगीहरु रहेका छन् । उपत्यकाका थुप्रै स्कुलका बिद्यार्थीहरु सहभागी छनौट चरणको अडिसनबाट प्रतियोगी छानिएका हुन् । यी प्रतियोगीतामा १० वटा स्कुलको प्रतिनिधित्व रहको आयोजकले जनाएको छ ।
ट्यालेन्ट राउण्डको निर्णायकमा मिस्टर राजधानी का बिजेता तथा फेस अफ नेसन का बिजेता समेत रहेका श्री बबिराज कार्की, एसै गरि मीसेस नेपाल आइकन २०२३ कि बिजेता मीसेस मेरिशा सुवाल मालाकार,एसै गरि आरजे तथा भिजे सरु राज्यलक्ष्मी राना र मीसेस नेपाल आइकन २०२३ कि फाइनलिस्ट मीसेस स्वोस्तिका कुवर पोख्रेल रहेका थिए । ट्यालेन्ट राउण्डको विजेता फाइनल प्रतिस्पर्धामा घोषणा गरिनेछ ।
ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड को  आयोजनामा रहेको प्रतियोगीताको प्रतियोगी अहिले फाइनल प्रतिस्पर्धाका लागि प्रशिक्षण मार्फत आफुलाई निखारिरहेका छन् । प्रशिक्षणमा
सुमि बानिया पब्लिक स्पिज,ग्रुमिङ,व्यक्तित्व बिकास तथा  सन्दीप भुजेलनृत्य प्रशिक्षक रहेका छन् । सबिना श्रेष्ठ आयोजक  ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड कि एम डि हुन् । प्रशिक्षणको क्रममा समय समयमा सेलिब्रेटी, मिडिया पर्सनबाट पनि प्रशिक्षण हुँदै आएको छ ।
असोजको ३ गते बिहिबार फाइन हुने प्रतियोगीतामा Kids, Teens र Boys गरेर तीन शिर्ष विजेता सहित बिभिन्न उप–बिधामा समेत विजेता छानिनेछन् । शिर्ष ३ विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा सहभागी अवसरको अलवा बिभिन्न गिफ्ट प्राप्त गर्नेछन् । अन्य विजेताले पनि बिभिन्न गिफ्टहरु प्राप्त गर्नेछन् ।
बच्चाहरुलाई नेपाली कल्चरको जानकारी सहित उनीहरुको प्रतिभा निखार्दै भविश्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगीता आयोजना हँदै आएको आयोजक ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड कि प्रमुख सबिना श्रेष्ठ ज्युले बताउनु भयो।