ओलीले वामदेवलाई हराएको नेपालको आरोप
News Desk
Apr-05 , 2021 तारिख 08:58 बिहान

काठमाडौं - चैत २३

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अध्यक्ष केपी शर्मा ओली समूह लागिपरेको बताएका छन्।

नेता नेपालले आइतबार एमाले काठमााडौं जिल्ला समानान्तर कमिटी गठन गर्ने क्रममा गत निर्वाचनमा ओली समूहले वामदेव गौतम र आफूलाई हराउन कोसिस गरेको बताएका हुन्। ‘वामदेवजी र मलाई हराउन कोसिस गरेका थिए, वामदेवजीलाई भने हराए नै’, नेपालले भने। ओली पूर्वाग्रही भएको पनि नेपालले बताए।

नेता नेपालले पार्टीभित्र पहिलादेखि नै गुट चलाउँदै आएका ओलीले कुनै दिन कम्युनिस्ट आन्दोलन विघटन गर्न सक्ने बताए। उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीका हर्कतले यस्तै संकेत गरेको बताएको नागरिक दैनिकमा खवर छ ।

Related Post