AVENTOZ NEWS DESK
पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा एनआरएनएकी एस्ली सापकोटा डंगोलले स्वर्ण पदक जितेकी छिन्।उनको जारी नवौं राष्ट्रिय खेलकुदमा यो चौथो स्वर्ण पदक हो। उनले पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार तीन स्वर्ण पदक जितेकी थिइन्।डंगोलले शनिबार महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा आइतबार भएको ८०० मिटर फ्रि स्टाइस्पर्धामा एस्लीले १० मिनेट ३०.६४ सेकेन्डको समय निकाल्दै चौंथो स्वर्ण हात पारेकी हुन्।यस इभेन्ट्समा नेपाल पुलिस क्लबकी आर्या महर्जनले १० मिनेट ४१.६२ सेकेन्डको समय निकाल्दै रजत हात पारिन्।पुलिसकै समिरा सोभ थापा मगरले १० मिनेट ५७.६४ सेकेन्डको समय निकाल्दै काश्य जितिन्।