सम्बन्ध विच्छेदको मनोवैज्ञानिक कारण र सामाजिक चुनौती
AVENTOZ NEWS DESK
Jul-17 , 2022 तारिख 02:46 बिहान

 

डिएन घिसिङ 

     माया,भावना र दायित्व भित्रको बन्धन नै पारिवार हो।जहाँ स्थिरता,सद्भाव र कल्याण प्राथमिकतामा रहन्छ।
समाज व्यवस्थाको  न्युनतम साझा इकाईको साझा अवस्था  परिवार हो। ठ्याक्कै भन्नू पर्दा एउटै भान्सामा खानाखाने घरका मानिसहरुको समूह हो, परिवार ।  
     
परिवारका सदस्य बीचको प्रगाढ सम्बन्धले असल समाज तय हुन्छ भने दरारले समाजमा  चुनौतीको अवस्था  सिर्जना गर्दछ।मुलतःवैवाहिक अवस्थाबाट शुरु भएर प्रस्थान बिन्दुका रूपमा परिवार तय हुन्छ। सामाजिक मुल्य र मान्यता भित्रको मानवीय सभ्यताको परिचय वैवाहिक स्थिति मानिएको छ। विवाह सम्बन्धमा औपचारिक वा अनौपचारिक सूत्रबद्धताले परिवारलाई  जिवन्त  बनाएको हुन्छ, गठन सार्थक सिद्ध साबित हुन्छ ।


      आधुनिक समाजले सांस्कृतिक  र धार्मिक प्रथालाई प्राथमिकतामा राखेर पुरुष र महिला बिचको दाम्पत्य जीवन तय गरेको हुन्छ।नेपाली समाजमा युवा पीडिमा आधुनिकताको हुटहुटी एकातिर बढदो  स्थितिमा छ। पहिचानलाई देखावटी वा सानको रुपमा
देखाउने प्रचलनले उस्तै व्यापकता पाएको छ।पुर्विय सभ्यता र पश्चिमी संस्कृतीको प्रभाव बीच वैवाहिकतामा वैचारिक भिन्नमत यथावत रहेको पाइन्छ।
         सांस्कृतिक पद्धतिमा समेत मनोवैज्ञानिक भाव जोडिएको हुँदा पारीवारिक बन्धन वा गठनमा समेत व्यक्तिको स्वभाव अर्थपूर्ण रहन्छ ।  सामान्यतय विवाह हुनु भनेको मिलन हो भने सम्बन्ध बिच्छेदको अर्थ दाम्पत्य बिचको अन्तरमिलनमा पुर्ण बिराम लगाउनु हो।
     सम्बन्ध बिच्छेदका घटनामा प्रारम्भिक अवस्थामा आत्मीयताको कमी हुने विभिन्न अध्ययनने पुष्टि गरेको छ। कुनै पनि रोमान्टिक सम्बन्धमा शारीरिक घनिष्टता महत्त्वपूर्ण छ, तर यो दीर्घकालीन सम्बन्धको विकासको लागि आवश्यक तत्वहरु पारिवारिक सम्पर्क ,सामाजिक प्रतिष्ठा, जनसम्पर्क ,आर्थिक ,शैक्षिक एवम्  शारीरिक अवस्थाले समेत निर्धारण गर्ने तथ्य प्रकाशमा आएको छ।
      

अमेरिकाबाट प्रकाशन हुने क्लिन मिड अन्तर्राष्ट्रिय जर्नलमा बहराइनका लेखक एब मनोविद् सम अब्बास अल उबैदीले सम्बन्ध विच्छेद सामान्यतया  भावनात्मक वा मनोवैज्ञानिक कारणले गर्दा अलग हुने प्रक्रियाको रुपमा अर्थ्याएका छन् । लेखक अल उबैदीले सम्बन्धविच्छेद कहिले पनि तयार प्रक्रियामा नहुने तर कानुनी सम्बन्धविच्छेदमा पुग्नको लागि औसत बर्षऔं अवधिको साथ यो भावनात्मक संक्रमणको आसन्न रहने मानेका छन् । तर्क प्रस्तुत गर्दै उनी भन्छन् ’प्रत्येक सम्बन्धविच्छेदमा,एक "सुरुवातकर्ता" हुन्छ,जहाँ पति वा पत्नी सम्बन्धविच्छेद चाहन्छन्,जबकि पति वा पत्नीले सम्बन्धविच्छेद गर्न चाहँदैन तर वैवाहिक समस्याहरू दम्पतीमा एक पार्टनरको गलत धारणा र तर्कहीन विश्वासहरूसँग सम्बन्धित रहने गर्दछ’ ।  

         स्वस्थ दम्पतीका विशेषताहरूबारे पनि लेखक अल उबैदीले धेरै चुनौतिहरू र अनुकूलन बारेका धारणा व्यक्त गरेका छ्न, जस्तै रूपान्तरण क्षमता,पारिवारिक बन्धनप्रति निष्ठा, उच्च प्रशंसाको अभिव्यक्ति,उच्च सामाजिक सम्बन्ध, जोडीहरू बीच स्पष्ट भूमिका , सीमाहरू , प्रतिस्पर्धात्मक सम्बन्ध ,सद्भाव र  सहयोग ।  
       
सम्बन्ध बिच्छेद विभिन्न गतिविधिले तय गरेको हुन्छ, अर्थात भावनात्मक प्रक्रियामा बेमेल आदी ।   बिशेषत अस्वीकार,क्रोध, लालसा , निजत्व, डिप्रेसन र जबर्जस्तपना कारक रहने गर्दछ ।  
सम्बन्धविच्छेदको सबैभन्दा सामान्य कारण नै प्रस्तुति हो।यो जुन सुकै अवस्थामा पनि हुन सक्छ। मुलतः  विवाहपछि कसरी बाँच्ने भन्ने अवास्तविक अपेक्षाहरूका साथ विवाह बन्धनमा मानिस बाधिएको हुन्छ।जब दैनिक बिषयहरु कारोबार,जागीर र छोराछोरीको कुरा आउँछ, यो योजना बनाएको हुँदैन वा साकार नहुन पनि सक्छ ।  सामाजिक अवस्था, व्यक्तिगत घटना आदीले परिस्थिती सृजना गरेको हुन्छ।तर लगभग हरेक सम्बन्धविच्छेदको स्थितिमा एक पक्षको रटानले सम्बन्धमा दरार पैदा  हुन्छ।
        पारिवारिक गठन वा वैवाहिक सम्बधमा व्यक्तिगत  धरातलिय स्थितिले धेरै अर्थ बोकेको हुन्छ।आजको उन्नत समाजमा व्यक्ति र व्यक्तित्वको  गतिविधिले सामाजिक मुल्य र मान्यता बोकेको हुन्छ। त्यसैले व्यक्ति र पारिवारिक अवस्था भावनात्मक रूपमा स्वस्थ रहन सकेमा मात्रै कुनै पनि परिवार असल र सुखी रहन्छ, जसबाट मात्रै स्वस्थ समाजको परिकल्पना गर्न सकिन्छ।

Related Post